Section 6
कोषको काम, कर्तव्य र अधिकार
यस ऐनको अन्य दफाहरुमा लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त कोषको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) कोषको सञ्चालन र व्यवस्थापन सम्बन्धी नीति निर्धारण गरी कार्यान्वयन गर्ने, गराउने ।
(ख) कोषको वार्षिक तथा आवधिक कार्यक्रम र बजेट स्वीकृत गर्ने र सोको निमित्त आवश्यक रकमको व्यवस्था गर्ने, गराउने ।
(ग) नगरको निर्माण, विकास तथा विस्तार तथा नगरमा आधारभूत सामाजिक सेवा तथा आयमूलक आयोजना सञ्चालन गर्न, नगर विकाससंग सम्बन्धित निकायहरुलाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने ।
(घ) नगरको निर्माण, विकास, विस्तार र विविधिकरणको लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक आधारहरू तयार पारी नगर विकाससंग सम्बन्धित कार्यक्रमहरु कार्यान्वयन गर्ने, गराउने तथा त्यस्तो कार्यक्रममा नगर विकाससंग सम्बन्धित निकायहरुको सहभागितालाई अधिकतम् मात्रामा प्रोत्साहित गर्ने ।
(ङ) नगर विकाससंग सम्बन्धित निकायमा कार्यरत कर्मचारीहरुलाई दिइने तालिम तथा प्रशिक्षणको लागि आवश्यक सहयोग पु¥याउने ।
(च) नगर विकाससंग सम्बन्धित निकायहरुलाई नगर विकास सम्बन्धी विषयहरुमा आवश्यक परामर्श सेवा प्रदान गर्ने ।
(छ) कोषसंग ऋण लिई सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरुको अनुगमन तथा सुपरिवेक्षण गर्ने, गराउने ।
(ज) नेपाल सरकारले कुनै विदेशी सरकार वा संस्था वा अन्तर्राष्ट्रिय संस्थासंग कोषका सम्बन्धमा गरेको सम्झौता बमोजिम कार्य गर्ने, गराउने ।
(झ) कोषको हित विपरीत नहुने गरी कोषको रकम प्रचलित कानून बमोजिम स्थापित अन्य कुनै संस्थाको शेयर, डिबेञ्चर वा अन्य कुनै किसिमको ऋणपत्र खरिद गर्ने कार्यमा लगानी गर्ने ।
(ञ) कोष समक्ष पेश भएका योजना तथा कार्यक्रमहरु स्वीकृत गर्ने ।
(ट) कोषको वार्षिक लेखा परीक्षण गराउने ।
(ठ) कोषले वर्षभरी गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन र प्रत्येक वर्षको लेखा परीक्षणको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्ने ।
(ड) कोषको संगठनात्मक स्वरुप स्वीकृत गर्ने र सो बमोजिम आवश्यक दरबन्दी श्रृजना
गर्ने ।
(ढ) कोषको उद्देश्य प्राप्त गर्न अन्य आवश्यक कार्यहरू गर्ने ।